Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशन उद्घाटनमा पाँच लाख मान्छे उतार्ने एमालेकाे तयारी, पहिलो पटक विद्युतीय मतदान


    बिहिबार, मंसिर २ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले १०औँ महाधिवेशनको तयारी तीब्र बनाएकाे छ । १०-१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।

    अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएकाे छ । उद्घाटनमा झन्डै ५ लाख  नागरिककाे सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् ।

    महासचिव तथा जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।

    जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो ।

    १० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ । एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ ।  एमाले महाधिवेशनमा पहिलो पटक विद्युतीय मतदान हुन लागेकाे हाे । एमालले १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा नै तालिमसमेत दिँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार