Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज प्रधानमन्त्री देउवालाई भेट्दै अमेरिकी सहायक विदेशमन्त्री, एमसीसीबारे छलफल हुने


    बिहिबार, मंसिर २ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश सहायकमन्त्री डोनाल्ड लु आज बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दैछन् ।

    दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी सहायक विदेशमन्त्री लु बुधबार साँझ मात्र काठमाडौं आएका थिए ।

    आज प्रधानमन्त्री देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासहित अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । यस्तै, उनीहरुबीच अन्यौलमा रहेको एमसीसी परियोजनाबारे पनि छलफल हुने स्रोतको भनाइ छ। 

    उपसहायकमन्त्री केली केइन्डरलिङ आज बिहीबार आइपुग्दै छिन् ।  अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ७५ वर्ष पुग्नु ठीक अगाडि भ्रमण भएकाे हाे ।

    कोभिड-१९, जलवायु परिवर्तन र लोकतन्त्रको सबलीकरण जस्ता राष्ट्रपति जो बाइडेनका उच्च प्राथमिकतामा रहेका चुनौतीबारे छलफल हुने दूतावासले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार