Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘प्रधानन्यायाधीशलाई घुस दिने र घुस मिलाइदिने को-को हुन् ?, सबैको सम्पत्ति जफत हुनुपर्छ’


    बिहिबार, मंसिर २ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पछिल्लो समय न्यायालयमा देखिएको विवादबारे मुख खोलेका छन्। 

    अध्यक्ष लोहनीले बिहीबार बिहानै सामाजिक सञ्जालमार्फत् यसबारे मुख खोलेका हुन् । उनले प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबराले घुस खाएको भए घुस खाएको भन्ने न्यायाधीशले  यसबारे खुलाउनु पर्ने बताएका छन्। 

    ‘घुस लिने र दिने दुवै अपराधी हुन्,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘उनीहरुको सम्पत्ति जफत गरे पनि हुन्छ।’ अध्यक्ष लोहनीले अघि लेखेका छन्, ‘अब यदि प्रधानन्यायाधीशले घुस लिएको बिसौ मुद्दा छ भने घुस दिने को हुन् र घुस मिलाइदिने बिचका व्यक्ति को हुन् ? भन्न  पर्यो।’

    यसअघि हिजो बुधबार बरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्याधीश जबरा भ्रष्टाचारमा चुर्लुम्मै डुबेको र उनले गर्ने हरेक फैसलामा घुसको गन्ध आउने बताएका थिए। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार