बुटवल। प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच एकदिन पनि पूरा अवधि बैठक नबसेरै लुम्बिनी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य भएको छ ।
मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरेका हुन् । एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि २८ साउनमा माओवादी केन्द्रको नेतृत्वमा गठबन्धन सरकार बनेकाे थियाे ।
लगत्तै १ भदौमा प्रदेशसभाको अधिवेशन आह्वान भएको थियो । तर तीन महिनासम्म चलेको अधिवेशनमा प्रदेशसभाको बैठक एकदिन पनि पूरा अवधि बसेन ।
बैठक आह्वान भएकै दिन मुख्यमन्त्री केसीले एमालेको अवरोधका बीच विश्वासको मत लिएका थिए । प्रदेश सरकारले अघिल्लो सरकारले ल्याएको बजेटविरुद्ध प्रतिस्थापन विधेयक ल्याइ नीति कार्यक्रम समेत प्रस्तुत गरेको थियो भने एमालेको अवरोधकै बीच प्रतिष्थापन विधेयक र नीति कार्यक्रम पारित भएका थिए । त्यसपछि सरकारले नयाँ बजेट ल्याएर प्रदेशसभाबाट केही विधेयकसमेत पारित गराएको थियो ।
एमालेले पनि आफ्ना दुई सांसदमाथिको कारवाही सदर नभएसम्म सदन चल्न नदिने भन्दै बैठक अवरुद्ध गर्नुका साथै केही बैठक बहिस्कार गरेको थियो । आफूहरुको सहभागिताबिनै पारित भएका विधेयक र सरकारले गरेका निर्णय कानुनविपरित भएकाले मान्य नहुने एमाले प्रदेशसभाका सचेतक भूमिश्वर ढकालले बताए ।
लुम्बिनी प्रदेशसभामा सूर्य चुनाव चिन्ह लिएर जितेका नवलपरासीका अजय शाही र दाङकी विमला खत्री वली माओवादी केन्द्रमा लागेपछि एमालेले कारवाही गरेको थियो । कारवाही गरेका सांसदलाई सभामुखले वैधानिकता नदिएको भन्दै एमालेले निरन्तर सदन अवरुद्ध गरिरह्यो । सभामुख पूर्णबहादुर घर्तीले भने एमालेले गरेको कारवाहीमा कानुनी आधार नदेखिएको बताएका छन् । अहिले शाही मन्त्री र वली राज्यमन्त्री छन् । सभामुख सत्तारुढ दलको इशारामा चलेको भन्दै एमाले सभामुखसँग टाढिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend