Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्व इतिहासमा आजः गुयानामा सामूहिक आत्महत्यादेखि पानामा क्षेत्रमा सम्झौता


    बिहिबार, मंसिर २ २०७८
    420
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । आज १८ नोभेम्बर । आज विश्व इतिहासमा आज केही राजनीतिक तथा सामाजिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ आज भएका केही एतिहासिक विश्व घटनाः 

    ९०० जनाको सामूहिक आत्महत्या
    सन् १९७८ मा गुयानामा पिपुल्स टेम्पलका तत्कालिन प्रमुख जिम जोन्सको आदेशमा टेम्पलका ९०० सदस्यहरुले सामूहिक आत्महत्या गरेका थिए । उनीहरुको आत्महत्याको कारण खुलाइएको छैन् । सन् १०५० को मध्यतिर इन्डियानमा स्थापना भएको सो टेम्पलका सदस्यहरु सन् १९७४ मा गियाना पुगेर जर्ज टाउनबाहिर एउटा वस्ती बसालेका थिए । उनीहरुले बस्ती बसालेको ठाँउलाई जोन्स टाउन भनिन्छ । 

    सोम्मी युद्ध
    सन् १९१६ को १८ अक्टोबरमा सोम्मी युद्ध समाप्त भएको थियो । प्रथम विश्वयुद्धको समयमा ब्रिटीश र फ्रान्सको गठबन्धन फौजले जर्मनीको फौजविरुद्ध लडेको थियो । २० औं शताब्दीकै रक्तपातपूर्ण सो युद्ध सन् १९१६ को १ जुलाईमा सुरु भएको थियो । सो युद्ध फ्रान्सको सोम्मी नदीको किनारमा भएको थियो ।

    पानामा र अमेरिकाबीच सम्झौता 
    सन् १९०३ मा पानामा नहर क्षेत्र निर्माणबारे पानामा र अमेरिकाबीच सम्झौता भएको थियो । सन् १९७९ सम्म सो नहर अमेरिकी क्षेत्रभित्र पर्दथ्यो । फ्रान्सले सन् १८८१ मा पानमा नहर बनाउन सुरु गरेको थियो । तर, इन्जिनियरिङ  समस्याका कारण सो कार्य रोकेको थियो । सन् १९०४ मा अमेरिकाले नहर निर्माणको जिम्मा पाएको थियो । सन् १९१४ मा नहरको निर्माण कार्य सम्पन्न भएको थियो ।

    अमेरिकामा पुस बटन फोन 
    सन् १९६३ मा अमेरिकामा पहिलो पटक पुस बटन (टच टोन) टेलिफोन सुरु भएको थियो । यो फोनले रोटरी डायल मोडललाई बिस्थापित गरेको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार