रसुवा । सिर कांग्रेसको १४औं अधिवेशनअन्तर्गत रसुवामा भएको अधिवेशनमा असन्तुष्ट जनाउँदै एक पक्षले दुई वटा गाउँपालिकाको सम्पूर्ण कागजपत्र चोरेर लगेका छन् । निर्वाचन अधिकृतको कार्यालय धुन्चेमा बुझाएको उत्तरगया र कालिका गाउँपालिकाको सम्पूर्ण फाइल चोरेर लगेका हुन् ।
सदरमुकाम धुन्चेस्थित एक होटलको कोठामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयकाे झ्याल फुटाई फाइलिङ गरेर राखिएको कालिका र उत्तरगया गाउँपालिकाका सबै वडाका कागजात बुधबार बिहान चोरी भएको सहायक निर्वाचन अधिकृत जनक सिंह साउदले बताए । बिहान करिब ६ बजेदेखि ७ बजे फाइलिङ गरेर राखेकाे फाइल चोरी भएको उनले बताए । ‘कोठामा सबै लक गरेर चिया पिउन होटलमा उक्लिएको थिए, चिया पिएर तल कोठामा गई ढोका खोल्दा झ्यालको सिसा फुटाएर कालिका र उत्तरगया गाउँपालिकाको सबै वडाको सम्पूर्ण कागजात चोरिएको रहेछ ,’ उनले भने ।
फाइल चोरी हुनुअघि बिहान ५ बजेतिर केन्द्रीय निर्वाचन समितिसँग छलफल गर्नुपर्ने भन्दै निर्वाचन अधिकृत सुमनकुमार केसी काठमाडाै गएका थिए । केसी काठमाडाै जानु र चोरी हुनुमा निर्वाचन अधिकृतको हात रहेको आशंका गरिएको छ । काठमाडाै जाँदै गरेका उनलाई जिल्लामा ल्याउँदै गरेको स्रोतले जनाएको छ ।
जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न गराउन निर्वाचन अधिकृत सुमनकुमार केसी र सहायक निर्वाचन अधिकृत जनक सिंह साउद केन्द्रबाट आएका हुन् । सदरमुकाम धुन्चेकाे होटलमा बसेर उनीहरुले अधिवेशनका सबै काम गरिरहेका थिए । उनीहरूले वडा वडाको अधिबेशन सम्पन्न गराउन जिल्लाको २७ वटै वडामा शिक्षक संघका शिक्षकहरूलाई मतदान अधिकृतको रुपमा खटाएका थिए । वडा अधिवेशनको क्रममा पठाएका मतदान अधिकृतले एकलौटी ढंग काम गरेको भन्दै आफुहरूको सहमति नरहेको र क्षेत्रीय प्रतिनिधि चयनसम्बन्धी बिमति रहेको भन्दै उजुरी प्राप्त भएको सहायक निर्वाचन अधिकृत साउदले बताए । जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर १, उत्तरगया गाउँपालिका वडा नम्बर २, ३ र ५ मा अधिवेशनमा एकलौटी गरेको भन्दै उजुरी आएको उनले बताए ।
सहायक निर्वाचन अधिकृत साउदले शान्ति सुरक्षा पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय रसुवासँग माग गरेका छन् । घटनाबारे आवश्यक अनुसन्धान प्रक्रियाअघि बढाएको प्रहरीले जनाएको छ । कागजात चोरीमा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए ।
जिल्लामा कांग्रेसको तीन हजार नाै सय ६४ क्रियाशी सदस्यको नामावली सार्वजनिक भएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend