धनगढी । कैलाली क्षेत्र नम्वर २ मा एमाले उपाध्यक्ष भीम रावल र अध्यक्ष केपी शर्मा ओली पक्षको विवाद सतहमा आएको छ । उनीहरूबीचकाे विवादकै कारण कैलाली क्षेत्र नम्वर २ मा मंगलबार एमालेले गरेकाे महधिवेशन प्रतिनिधि छनौट भीम रावल पक्षले अस्वीकार गरेकाे छ । रावल पक्षले भने बुधबार (आज) फेरी महाधिवेशन प्रतिनिधि छनौटका लागि भेला आह्वान गरेको छ ।
कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर तथा एमालेका प्रदेश कमिटी सदस्य महादेव बजगाइँले सामाजिक सञ्जालमार्फत बुधबारका लागि महाधिवेशन प्रतिनिधि छनौट भेला आह्वान गरेका छन् । उनले कैलालीको लम्कीस्थित मनोहरा होटलमा भेला आयोजना गरेकाे सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेका छन् ।
मंगलबार महाधिवेशन पार्टीको नभई गुटको भेला भएकाे उनले बताएका छन् । ‘मंगलबार एउटा गुटले केही मानिसलाई टिपेर महााधिवेशन प्रतिनिधि हो भन्दै हल्ला चलाएछन्,’ बजगाइँले भने, ‘त्यो भ्रम छर्ने काम मात्रै हो, क्षेत्र नम्बर २ मा पार्टीको भेला भएको छैन, बुधबार मात्रै हामीले महाधिवेशन प्रतिनिधि छनौट गर्दै छौं ।’ बजगाइँ एमाले उपाध्यक्ष भीम रावल निकट हुन् ।
एमाले कैलालीका अध्यक्ष रतन थापाले भने मंगलबार सम्पन्न प्रतिनिधि छनौट पार्टीको आधिकारिक भएको बताए । उनले पार्टीको आधिकारिक भेलाले मंगलबार नाै जना महााधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरेकाे बताए । उनले पार्टीकाविरुद्ध गतिविधि गरेमा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष थापाले भनेका छन् ‘नेकपा एमाले लम्कीमा कुनै किसिमको कार्यक्रम नरहेको हुँदा कही कतै भ्रममा नपरी पार्टीको आधिकारिक आयोजनामा गरिएका कार्यक्रम बाहेकका अन्य जुनसुकै अनधिकृत नाममा गरिएका कार्यक्रम व्यक्तिका निजी कार्यक्रम हुन । पार्टी जीवनमा यिनको कुनै औचित्य र स्थान छैन र तिनलाई पार्टीले कार्यक्रमको प्रकृति र उदेश्य हेरी उचित कारवाहीको बिषय बनाउनेछ । र त्यस्ता कार्यक्रममा भुलबस पनि सहभागी नहुन सम्पूर्ण पार्टी सदस्य कमरेडहरुलाई सुचित गरिन्छ । अब पार्टीमा हिजोको जस्तो अराजकतालाई सहने र हेरी बस्ने छुट छैन । त्यसैले कसैको उस्काहट, इगो र पार्टीको आन्तरिक जीवनलाई बिरोधि शक्तिका अगाडि कमजोर देखाउन चालेको कदमलाई कुल्चदै दशौ महाधिवेशनको भव्य सफलताको तर्फ आआफ्नो सकारात्मक योगदानको बारेमा सोचौं ।’ एमालेले आजै धनगढीमा पत्रकार सम्मेलनको आयोजना समेत गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend