महोत्तरी।एमाले शीर्ष नेताहरूको उपस्थितमा प्रदेश २ को भेला सम्पन्न भएको छ । महोत्तरीको बर्दिबासमा एमाले प्रदेश २ को भेला सम्पन्न भएको हो ।
उपमहासचिव विष्णु पौडेल, महाअधिवेशन सहसंयोजक सुरेन्द्र पाण्डेसहित स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्यको सहभागिताबीच आयोजित भेलामा माहाअधिवेशनको तयारी र चुनावी अभियानको विषयमा छलफल भएको नेकपा एमाले प्रदेश २ ले जनाएको छ ।
चुनावी अभियानलाई प्रदेश २ मा कसरी बलियो बनाउने र महाधिवेशन प्रतिनिधि छनोटमा भएको विवाद कसरी सुल्झाउने भन्ने विषयमा पौडेलले मैत्रीपूर्ण वातावरण तयार गर्न निर्देशन दिएको पौडेललाई उदृत गर्दै प्रदेश कमिटी सदस्य गोपाल बरालले बताए ।
प्रदेश २ मा महाअधिवेशन प्रतिनिधि चयन गर्दासमेत निक्कै ठूको विवाद सिर्जना भएको थियो । अहिलेसम्म कुनै पनि जिल्लामा विवादका कारण प्रतिनिधि चयन हुन सकेका छैनन् ।
यही विवादलाई सहजीकरण गर्नका लागि पनि विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायत नेताहरू प्रदेश २ मा आएको एक नेताले जानकारी दिए ।
महोत्तरीमा प्रतिनिधिका आकांक्षी तेब्बर छन् । विधानअनुसार सदस्य संख्याको आधारमा महोत्तरीमा बढीमा ३० जना प्रतिनिधि मात्रै चयन हुनेछन् । आकांक्षी धेरै भएपछि चयन गर्न निक्कै सकस भइरहेको महोत्तरी जिल्ला इन्चार्ज टेकबहादुर बलाम्पाकीले बताए ।
महोत्तरी जस्तै प्रदेश २ का अन्य जिल्लामा पनि विवाद कायम नै छ । अहिले प्रदेश २ मा नेकपा एमाले र नेकपा एसको तुलना गर्दा नेकपा एस नै बलियो देखिएको छ ।
नेकपा एमालेका प्रदेश २ मा २१ जना प्रदेशसभा सदस्य मध्य १३ जना नेकपा एसमा छन् । नेकपा एस प्रदेशकै तेस्रो ठूलो पार्टी बनेपछि मुख्यमन्त्री लालबहादुर राउतले प्रदेश सरकारमा सहभागी गराउने प्रक्रिया अगाडि बढाएका छन् ।
नेकपा एसलाई प्रदेश सरकारमा सामेल गराउन मुख्यमन्त्रीले आजै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई पदमुक्त गरेका छन् । न्युज कारखाना
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend