Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रकाश दाहाल स्मृति बक्सिङको क्वार्टरफाइनल समीकरण पूरा


    मंगलबार, कार्तिक ३० २०७८
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । एपीएफका पुरन राई र नेपाल आर्मी ‘बी’का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोस्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा क्वार्टरफाइनल प्रवेश गरेका छन् ।

    मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरे । 

    उक्त तौल समूहमा नेपाल प्रहरीका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदीविरुद्ध वाकओभर पाए । 

    एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामीलाई पराजित गर्दा कंचनपुरका रन्जन भट्टले रामेछापका टल छन्त्याललाई हराए । 

    भाइबका तिलवीर पुन मगरले बाँकेका नितेश नेपालीविरुद्ध वाकओभर पाउँदा बक्समान्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका सुलभ मालाकारलाई हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

    नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापाले आरडीएसका मार्सल गुरुङलाई पराजित गर्दा बीएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राईलाई हराए । 

    आर्मीका विमल रोक्काले अल्फाका निराजन चौधरीलाई पराजित गर्दा दाङका अनिल पुन मगरले बीटीएफसीका मौसम राना मगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निशान दासलाई पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे ।

    पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाकओभर पाएर क्वार्टरफाइनलमा स्थान पक्का गरे ।

    महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वार्टरफाइनल पुगे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार