Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • व्यक्तिगत आम्दानीमा कर: कति कमाउँदा कति तिर्नुपर्छ ?


    मंगलबार, कार्तिक ३० २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले चालु आर्थिक वर्ष (२०७८/०८९) को लागि प्राकृतिक व्यक्तिको लागि लागू हुने करको दर निर्धारण गरेको छ ।

    अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागले निर्धारण गरेको करको दरमा रोजगारीको आयमात्र हुनेको लागि व्यक्तिगत चार लाख र दम्पतीमा साढे चार लाखसम्म करयोग्य आम्दानीमा एक प्रतिशत कर लाग्ने उल्लेख छ । यो भनेको चार हजारदेखि चार हजार ५०० कर हो ।

    त्यसैगरी व्यक्तिगततर्फ चारदेखि पाँच लाखसम्म चार हजार र १० प्रतिशतका दरले लागु हुने उल्लेख छ । दम्पतीतर्फ साढे चारदेखि साढे पाँच लाखसम्म करयोग्य आय भएमा चार हजार पाँच सय र १० प्रतिशत कर लाग्ने उल्लेख छ ।

    व्यक्तिगत हकमा पाँचदेखि सात लाखसम्म करयोग्य आय भएमा १४ हजार र २० प्रतिशत दरले कर लाग्ने उल्लेख छ । दम्पतीको हकमा साढे पाँचदेखि साढे सात लाखसम्म १५ हजार ५०० र २० प्रतिशतका दरले लागु हुनेछ ।

    सातदेखि २० लाखको आम्दानीमा एकल व्यक्तितर्फ ५४ हजार र ३० प्रतिशतका दरले लागु हुनेछ । साढे सातदेखि २० लाखसम्म आम्दानीमा दम्पतीतर्फ ५४ हजार ५०० र ३० प्रतिशतका दरले कर लाग्नेछ ।

    २० लाखभन्दा बढी आम्दानी करयोग्य आय गर्ने व्यक्तिलाई ४ लाख ४४ हजार र ३६ प्रतिशतका दरले लागु हुने आन्तरिक राजश्व कार्यालयले जनाएको छ । दम्पतीतर्फ पनि चार लाख ४४ हजार ५०० र ३६ प्रतिशतका दरले लागु हुनेछ ।

    257927931_626047851756917_1773367234888991704_n.jpg.jpg
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार