Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मैत्रीपूर्ण क्रिकेट : कतारलाई नेपालको मध्यम लक्ष्य


    मंगलबार, कार्तिक ३० २०७८
    695
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं। मैत्रीपूर्ण टी–ट्वान्टी क्रिकेट खेलमा नेपाली महिला टोलीले कतारलाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कतारको दोहामा भएको पहिलो खेलमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको हो । 

    १४७ रनको लक्ष्य प्रस्तुत गर्ने क्रममा नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ खेलिन् । ४७ बलमा ५ चौका हिर्काएकी इन्दुले सर्वाधिक ५५ रन बनाइन् । 

    यस्तै सीता राना मगरले ३९ रनको योगदान गरिन् भने सरिता मगरले २१ रन बनाइन् । नेपालकी कप्तान रुविना क्षेत्री भने २ बल खेल्दै शून्य रनमा आउट भइन् । 

    यता, टस जितेर बलिङ रोजेको कतारको लागि एन्जिलिनी मारे र सविजा पनायनले समान १ विकेट लिए । 

    विश्वकप छनोटका लागि ग्लोबल छनोट खेल्नु अघि नेपालले कतारसँग तीन टी–ट्वान्टी शृंखला खेल्न लागेको हो । नेपाल र कतारबीचको यो पहिलो मैत्रीपूर्ण खेल हो ।  न्युज कारखाना
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार