काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली अन्तःशुल्क स्टीकर टाँसी राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको छ ।
मुद्दा खेप्नेमा अधिकांश रक्सी उत्पादक कम्पनी (डिस्टिलरी) र बोटलर्स कम्पनी सञ्चालक छन् ।
उनीहरूविरुद्ध पाँच करोड ५६ लाख ४३ हजार ९८ रुपैयाँ बिगो असुल गरी जरिवाना र कैद सजाय मागदाबी भएको विभागले जानकारी दिएको छ ।