गोरखा । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले एमालेलाई प्रतिगमनकारी शक्तिको संज्ञा दिएका छन् ।
संगठन सुदृढीकरण अभियानअन्तर्गत १५ दिने कार्यक्रम लिएर गोरखा आएका उनले सोमबार एमालेलाई टाउको उठाउनसमेत दिन नहुने तर्क गरेका हुन् ।
‘एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानलाई ध्वस्त पार्ने ढंगले विध्वंसात्मक दिशातिर लम्किरहेकाले उनलाई रोक्न अन्य पार्टीको तालमेल आवश्यक छ’, उनले भने, ‘प्रतिगमनको हर्कत रोक्नका लागि पाँचै दल एकमत हुन नसके पनि जससँग सहमति हुन्छ, ती दल गठबन्धन गरेर प्रतिगमन शक्तिलाई टाउको उठाउन दिनुहुँदैन ।’
कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस)का नेताहरूले यो गठबन्धन चुनावसम्म जाने बताइरहे पनि नेता भट्टराईले भने यसबारेमा कुनै सहमति नभएको प्रस्ट पारेका छन् ।
‘सरकारमा रहेको पाँच दलीय गठबन्धन चुनावसम्म लैजाने विषयमा अहिलेसम्म सहमति भएको छैन । म यता आएपछि एक-दुई दिनयता भएको भए मलाई थाहा छैन । तर, गठबन्धन भइदिए हुन्थ्यो भन्नेचाहिँ मलाई पनि लागेको छ’, उनले भने ।
हाल मुलुकमा न्यायपालिकाको विवाद गिजोलिएर गएकाले व्यवस्थापिकाबाट समाधान खोज्नुपर्ने उनको तर्क छ ।
‘राज्यलाई अपांग बनाएर लामो समय राख्नुहुँदैन । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका एकअर्काबीच समस्याग्रस्त हुँदा त्यसलाई समाधान गर्नका निम्ति राजनीतिक दलहरूले समाधानको पहल लिनुपर्छ । भित्रबाट मात्र हल भएन भने व्यवस्थापिकाबाट समाधान गर्नुपर्छ’, उनले भने ।
संगठन सुदृढीकरण अभियान लिएर २२ कात्तिकदेखि भट्टराई गोरखाको गाउँगाउँमा छन् । दुर्गम गाउँमा पैदल हिँडेर र तल्लो भेगमा गाडीमार्फत टोलटोलमा पुगेर उनले जनता भेटघाट गर्नुका साथै स्थानीय स्तरका समस्या, जनताको गुनासो सुन्ने, घरघरमा पुगेर सल्लाह लिने गरिरहेका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend