काठमाडौं। मंगलबार नेपाल बन्द गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले नेपाल बार एसोसिएसनको आन्दोलनमा जाने अधिवक्तालाई नरोक्ने भएको छ ।
न्यायालय शुद्धीकरणका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार देशव्यापी आन्दोलनमा उत्रिएको छ । प्रधानन्यायाधीश बहिर्गमनका लागि अधिवक्ताहरु दिनहुँ धर्ना र नाराबाजी गरिरहेका छन् ।
यसैक्रममा मंगलबार घोषित नेपाल बन्दमा आन्दोलन के हुने अन्योलका बीच बार महासचिव लिलामणी पौडेलले सोमबार साँझ विज्ञप्ति जारी गरेर बन्दमा अधिवकतालाई अवरोध नहुने जानकारी गराएका छन् ।
विप्लव समूहले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा भोलि नेपाल बन्द आह्वान गरेको छ ।
‘भोलि विप्लव समूहले नेपाल बन्दको कार्यक्रम राखेको भए पनि कानून व्यवसायीहरुको शान्तिपूर्ण कार्यक्रममा सहभागी हुन कालो कोट, बारको लोगो र परिचय पत्र सहित बार एशोसिएशन र अदालतमा उपस्थित हुने कानून व्यवसायीहरुलाई कुनै रोक, अवरोध नगर्ने भन्ने अनौपचारिक जानकारी सहमति भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विज्ञज्ञप्तिमा सर्वोच्च अदालतलगायत देशभरका सबै कानून व्यवसायीहरुलाई कुनै अवरोध नहुने र नरहने भएकोले सम्पूर्ण कानून व्यवसायीलाई बार र एकाईहरुबाट गरिने कार्यक्रममा सहभागी हुन आह्वान गरिएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend