Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भारू १ करोडको गोरु, जसको विर्यबाट मात्रै बार्षिक २४ लाख आम्दानी हुन्छ


    सोमबार, कार्तिक २९ २०७८
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जेन्एसी । भारतको बैंगलरूमा देखिएको एउटा साँढे निकै चर्चामा छ। यो गोरु १ करोड भारूमा बिक्री भएको छ।

    हिन्दुस्तान टाइम्सका अनुसार बैंगलरूमा भएको एक कृषि मेला उक्त साँढे बिक्री भएको हो। योसँगै यो गोरुले खुबै चर्चा पाइरहेको छ।

    साँढेका मालिक बोरेगोदाका अनुसार यो गोरु हल्लीकर प्रजातिको हो। यसको विर्यको माग धेरै छ। एक डोज विर्यकै एक हजार भारू पर्ने बोरेगोदाले बताएका छन्। 

    उनका अनुसार यसको विर्यबाट मात्रै बार्षिक भारू २४ लाख आम्दानी हुन्छ।

    अहिले बिक्री भएको साँढेको नाम कृष्ण हो। यो साढे तीन वर्षको भयो। यसलाई हेर्न आउनेको भिड पनि निकै धेरै भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

    बोरेगोदाका अनुसार अहिले यो प्रजातिको गोरु विस्तारै हराउँदै गएको छ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार