Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सर्वोच्च परिसरमा पत्रकारलाई प्रवेश निषेध


    सोमबार, कार्तिक २९ २०७८
    790
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै काननु व्यवसायीले जारी राखेको आन्दोलनको रिपोर्टिङ गर्न जाने पत्रकारहरुलाई सर्वोच्च परिसरभित्र प्रवेश निषेध गरिएको छ ।

    आइतबारसम् सर्वोच्च परिसरभित्रै प्रवेश गरी रिपोर्टिङ गर्दै आएका पत्रकारहरुलाई सोमबार भने पास भएकालाई समेत प्रवेशमा रोक लगाएको हाे ।

    सर्वोच्च परिसरमा सुरक्षार्थ खटिएका एकजना प्रहरी अधिकृतका अनुसार आज पास भएका/नभएका सबै पत्रकारहरुलाई प्रवेश गर्न नदिन निर्देशन दिइएकाे छ ।

    प्रधानन्यायाधीश जबरा मन्त्रिपरिषद सदस्यको भागबण्डामा मुछिएपछि उनीविरुद्ध नेपाल बार एशोसिएसनको अगुवाइमा कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार