Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशविरुद्ध बारको प्रदर्शन सुरु, सर्वाेच्चमा सुरक्षाकर्मीको पहरा


    सोमबार, कार्तिक २९ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं  । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसनले आज सोमबार पनि  प्रदर्शन सुरु गरेको छ । 

    कानुन व्यवसायीहरूले बारको केन्द्रीय कार्यालयबाट विरोध प्रदर्शन थालेका छन् । सर्वाेच्च अदालतको परिसरमा पनि प्रदर्शन गरिने बारका महासचिव लीलामणि पौडेलले बताए ।

    प्रधानन्याधीशलाई सर्वोच्च प्रवेशमै रोक लगाउने भन्दै बार आइतबारदेखि गेटमै प्रदर्शन गर्दै आएको छ । 

    तर, स्थानीय प्रशासनले भने सुरक्षा व्यवस्था कडा पारेको छ । सर्वाेच्च परिसरमा सुरक्षाकर्मीको पहरा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार