Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जुवाखालबाट पक्राउ परेका कांग्रेस सभापति ७ हजार धरौटीमा छुटे


    सोमबार, कार्तिक २९ २०७८
    700
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । गत कार्तिक १८ गते लक्ष्मीपुजाका दिन जुवाखालबाट पक्राउ परेका नेपाली काँग्रेस दोलखाका जिल्ला सभापति बर्मा लामा धरौटीमा छुटेका छन् । 
     
    लामासहितका पक्राउमा परेका जुवाडेहरुलाई काठमाडौंका सीडीओ गोबिन्दप्रसाद रिजालले जनही ७ हजार धरौटीमा रिहा गर्ने निर्णय गरेपछि उनीहरु धरौटी बुझाएर छुटेका हुन्। 

    प्रहरीले कार्तिक १८गते राति काठमाडौंको नयाँ बस्तीबाट लामा र नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति राजेश श्रेष्ठसहित १८ जनालाई  ६ लाख नगदसहित पक्राउ गरेको थियो ।

    जुवाखालबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले मुद्दा समेत चलाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार