Nepal Face
  • बुधबार, ३ मंसिर २०८३
  • कमलविनायक–नगरकोट सडक निरीक्षण गर्न गएकी मन्त्री चढेको गाडी स्थानीयले घेर्दै सोधे– कहिलेसम्म बन्छ सडक ?


    सोमबार, कार्तिक २९ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । कमलविनायक–नगरकोट सडक ७ बर्षदेखि निर्माण नभएपछि आक्रोशित भएका स्थानीयले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणकुमारी यादवलाई घेराउ गरेका छन् ।

    त्यो सडक निरीक्षण गरेर फर्किने क्रममा फर्किने क्रममा मन्त्री यादव चढेको गाडी स्थानीयले घेर्दै सडक कहिलेसम्म बन्छ भनेर र्याखर्याख्ती पारेका छन् । उनी जरुरी मिटिङ छ भनेर उम्किन खोज्दा स्थानीबासीको घेरामा परेकी थिइन् । २१ दिनमा पुनः निरीक्षणका लागि आउने प्रतिवद्धता जनाएपछि मात्र उनी उम्किन सकेकी थिइन् ।

    कमलविनायकदेखि नगरकोट पुग्ने यो १६.५ किलोमिटरको सडक दुई वर्षमा सक्ने भन्दै २०७१ मा शारदा कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । तर ७ वर्ष बितिसक्दा पनि सडक निर्माण अपूरै छ । सडकको दुर्दशाका बारेमा ठोस कदम नचालेकोमा आक्रोशित स्थानीयले सडक विभागका महानिर्देशक अर्जुनजंग थापा र सचिव रविन्द्रनाथ श्रेष्ठसहितको टोली लिएर सडक निरीक्षण गर्न गएकी मन्त्री यादवलाई घेरा हाली कहिलेसम्म सडक बन्छ भन्दै सोधेपछि मन्त्री निकै अप्ठेरोमा परेकी थिइन् ।

    कमलविनायक–नगरकोट सडक सडक शैलुङ कन्ष्ट्रक्सनका संचालक शारदा अधिकारीले ठेक्का लिएका हुन् । अलपत्र पारिएको सडक भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादव निरीक्षणमा जाने भएपछि सानोतिनो मर्मत र पानी हालिएको थियो । घरबेटी ठेकदार शारदा कन्स्ट्रक्सनले मन्त्री आउने पूर्व सूचना पाएपछि बिहानै मर्मतको काम थालेको स्थानीयले गुनासो गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार