Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • दरबारको सुखभोग त्यागेर प्रेम विवाह गरेकी माकोले जापान छाडिन्, भन्छिन्- कोमुरोसँगै न्यूओर्कमा काम खोज्छु


    सोमबार, कार्तिक २९ २०७८
    670
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । जापानकी पूर्वराजकुमारी माको अमेरिका प्रस्थान गरेकी छिन् । माको जापानको दरबार त्यागेर आफ्ना श्रीमान केइ कोमुरोसँग अमेरिका प्रस्थान गरेकी हुन् । माको र कोमुरो अमेरिका प्रस्थान गर्दा टोकियो विमानस्थलमा विशेष स्वागत गरिएको थियो ।

    विभिन्न स्थानमा पछ्याएका १०० ओटा पत्रकारहरुलाई छिचोलेर यो जोडी विमानस्थल पुगेको थियो । उनीहरुले सञ्चारकर्मीले सोधेर कुनै पनि प्रश्नको जबाफ दिएनन् । 

    विमानस्थलमा उनीहरूलाई सुरक्षाकर्मीले कडा सुरक्षा प्रदान गरेका थिए । उनीहरु न्युयोर्कस्थित एउटा अपार्टमेन्टमा भाडामा बस्नेछन् । कोमुरो अमेरिकाको एउटा कम्पनीमा वकालत गर्छन् ।
     
    जापानी कानुनअनुसार सर्वसाधारणसँग विवाह गर्ने राजपरिवारका महिला सदस्यले आफ्नो शाही उपाधि  गुमाउँछन् । सोहीबमोजिम माकोको हैसियत सर्वसाधारण नागरिकसरह भएको छ ।
     
    विवाहपछि उनीहरु न्युयोर्कमा बस्ने बताउँदै आएका थिए । अमेरिका पुगेर माकोले काम खोज्ने छिन् । न्युयोर्क राज्यको बार परीक्षामा कोमुरो फेल भएपछि यो जोडीलाई धक्का लागेको छ । अमेरिकामा कानुनी व्यावसाय गर्न कुनै पनि वकिलले राज्यले लिने बारको परीक्षा पास गर्नुपर्छ । कोमुरो हाल न्युयोर्कको एउटा फर्मका कानुनी कारिन्दा हुन् । 
     
    माको र कोमुरोको अमेरिका प्रस्थानलाई बेलायती राजकुमार ह्यारी र मेघन मर्केलको अमेरिका यात्रासँग तुलना गरिएको छ । उनीहरुलाई जापानको ह्यारी र मेघन भन्न थालिएको छ ।

    राजपरिवारबाहिरकी युवतीसँग विवाह गरेपछि ह्यारी र मर्केल शाही उपाधि त्यागेर बेलायतबाट अमेरिका पुगेका थिए । 
     
    चार वर्षअघि इन्गेजमेन्ट गरेपछि यो जोडी विवादमा तानिएको थियो । उनीहरुको सम्बन्ध विभिन्न सञ्चारमाध्यमहरुमा गसिप बनेको थियो । कोमुरोकी आमाले छोरासँग अफेयर्समा रहेकी एक युवतीसँग लिएको मोटो रकम नतिरेको विवरण सार्वजनिक भएको थियो । सोही कारण माकोसँगको विवाह  चार वर्ष धकेलिएको थियो ।
     
    प्रेम सम्बन्धबारे विभिन्न सञ्चार माध्यमहरुमा नकरात्मक समाचार सार्वजनिक भएपछि माको डिप्रेसनमा पुगेकी थिइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार