Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खेलकुद परिषदका सदस्यहरुलाई सोधियो स्पष्टीकरण, हटाउने तयारी


    सोमबार, कार्तिक २९ २०७८
    905
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । युवा वा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का बोर्ड सदस्यहरुसँग स्पष्टीकरण सोधेको छ । पूर्ववर्ती केपी शर्मा ओलीको सरकारका पालामा नियुक्त भएका राखेपका बोर्ड सदस्यहरु रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुवास श्रेष्ठ, सम्पन्न श्रेष्ठ, अर्जुन केसी, गोपाल खनाल, गोबिन्द भट्टराइ, इन्दिरा निरौला र रिम रानाभाटसँग शुक्रबार स्पष्टीकरण सोधिएको हो ।

    मन्त्रीस्तरीय निर्णय गरी उनीहरुसँग स्पष्टीकरण सोधिएको छ । तत्कालीन ओली सरकारका युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माको पालामा नियुक्त भएका उनीहरुलाई स्पष्टीकरण लिएर हटाउने तयारी गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले उनीहरुलाई हटाउनकै लागि स्पष्टीकरण सोधेका हुन् । 

    यसअघि राखेपका सदस्यसचिव रमेश सिलवाललाई स्पष्टीकरण सोधेर हटाइसकिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार