काठमाडौं । स्व. दीपक रायमाझी निर्देशित चलचित्र ‘युगदेखि युगसम्म’वाट फिचर फिल्ममा प्रवेश गरेका नेपाली सिने जगतका महानायक राजेश हमालले पहिलो चलचित्रबाटै अत्याधिक चर्चा पाएका थिए।
अभिनयमा प्रवेश गर्नुअघि भारतबाट प्रकासित फेशन नेट म्यागजिनमा फोटो शेसन गरेका हमालले काठमाडौमा सम्पन्न केही फेशन शोमा र्याम्प मोडलिङ समेत गरेका थिए।
हालसम्म १७० भन्दा बढी चलचित्रमा अभिनय गरेका हमाल पछिल्लो समय भने फिल्मको अभिनयमा त्यति सक्रिय देखिदैनन्।
एक समयका सर्वाधिक चर्चित नायक हमालको केही महिलाहरुसँग नाम जोडिएपनि उनले ५० वर्षको उमेरमा मोडल मधु भट्टराईसँग प्रेमविवाह गरेका थिए।
कति छ हमालको सम्पति ?
कलाकारितामा निकै पोख्त हमाल नेपाली फिल्म क्षेत्रका महानायक हुन् । उनलाई दर्शकले माया गरेर राजेश दाइ नामले बोलाउछन् ।
अहिले फिल्म क्षेत्रमा निकै कम क्रियाशील भएका उनी विभिन्न स्टेज कार्यकर्म, कुइज़ कार्यक्रम, र समाज सेवा जस्ता कार्यमा ब्यस्त देखिन्छन्। तर, पनि उनले विभिन्न ठाउँबाट गरेर महिनाको लगभग ५ देखि ६ लाख सम्म कमाउने गरेको विभिन्न संचार माध्यमहरुले जनाएका छन्।
त्यस्तै उनको सम्पतिको कुरा गर्दा ५० मिलियन भन्दा धेरै रहेको छ। जुन नेपाली ६ अर्ब भन्दा धेरै हुन्छ । त्यस्तै उनको किआ स्पोर्टेज कार रहेको छ जसको नेपाली मूल्य भने ९० लाख भन्दा माथि पर्छ।
यसका साथै उनको घर, घडेरीदेखि अन्य थुप्रै सम्पति रहेको र उनी नेपालका सबै भन्दा धनी कलाकारको नम्बर १ मा पर्ने पाइएको छ।