Nepal Face
  • आइतबार, १० साउन २०८३
  • समीक्षा अधिकारीसँगको समाचारपछि पलको कार्यक्रममा पत्रकारलाई ‘नो इन्ट्री’, प्रवेशका लागि निमन्त्रणा कार्ड चाहिने


    सोमबार, कार्तिक २९ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । शनिबार सोल्टीमोडस्थित पाँचतारे होटलमा अभिनेता पल शाह अभिनीत म्यूजिक भिडियो सार्वजनिक कार्यक्रमको आयोजना गरिएको थियो ।

    गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको बारेमा आएको खबरपछि पल पहिलो पटक सार्वजनिक कार्यक्रममा उपस्थित हुन लागेको कुराले  होटलमा सञ्चारकर्मीहरुको भीड लागेको थियो । 

    तर, पलका नजिकका मानिने केही सञ्चारकर्मीबाहेक उक्त कार्यक्रममा अरुले प्रवेश पाएनन् । होटलको गेटमा बसेका गार्डले निमन्त्रणा कार्डविना प्रवेश गर्न नमिल्ने भन्दै फिर्ता पठाइदिएको संचारकर्मीहरु बताउछन्  ।
     
    पलले गीतको निर्माण टिमलाई आफ्नो बारेमा नराम्रो नलेख्ने र आफू अनुकूल प्रश्न गर्नेलाई मात्र कार्यक्रममा बोलाउन पत्रकारहरुको नामलिस्ट नै दिएको र सोही अनुरुप गीतको टिमले सीमित पत्रकारलाई मात्र निमन्त्रणा कार्ड पठाएको खुलासा भएको छ । उनको कार्यक्रममा जान पनि बिहेमा जस्तो निमन्त्रणा कार्ड चाहिने भएको छ।   

    त्यसो त नेपाली  फिल्म क्षेत्रका नायक राजेश हमालको कार्यक्रममा सहजै प्रवेश पाउने पत्रकारहरुले अब पल शाहको फिल्म वा म्यूजिक भिडियोको कार्यक्रममा जान निमन्त्रणा कार्ड पर्खिनु पर्नेछ ।
     
    गीत सार्वजनिक हुनुभन्दा अगाडि नै ‘पलको कार्यक्रममा पत्रकारले प्रवेश पाएनन्’ भनेर सञ्चारमाध्यममा समाचार आइसकेका थियो । यस विषयमा पलले भने अनविज्ञता प्रकट गर्दै यस बिषयमा सत्यता नभएको बताए। तर, आफूलाई गीतको टिमले पत्रकारको नामलिस्ट देखाएको भने उनले स्वीकार गरे । 
     
    यतिबेला पल र समीक्षाको सम्बन्धको बारेमा विभिन्न खाले चर्चा भइरहेका छन् । पलले करोडौं रुपैयाँसम्म दिँदा पनि समीक्षाले नछाडेको र बिहेको लागि गोप्य लिखित सहमति भइसकको खबर बाहिर आएको छ।  

    यद्यपि, पल र समीक्षा दुवैले यस विषयको खण्डन गर्दै यसमा सत्यता नभएको बताएका छन्। तर उनीहरु निकट मानिने केही व्यक्तिहरुले भने यसमा सत्यता रहेको दाबी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार