दार्चुला । नेकपा (एमाले) ले दशौँ महाधिवेशनका लागि दार्चुलाबाट १२ प्रतिनिधिको टुंगो लगाएको छ ।
संगठित सदस्यको संख्याका आधारमा दार्चुलाबाट १२ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला अधिवेशन आयोजक कमिटी सचिव ज्ञानेन्द्रसिंह घर्तीले जानकारी दिए ।
जिल्ला अध्यक्ष रामदत्त जोशी, सचिव ज्ञानेन्द्र घर्ती, प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, नौगाड गाउँपालिका अध्यक्ष प्रेमसिंह धामी छानिएका छन् । एमाले मार्मा गाउँ कमिटी इन्चार्ज देवसिंह महर र नेता हरदेव जोशी पनि महाधिवेशन प्रतिनिधि बनेका छन् ।
महिलातर्फ अपिहिमाल गाउँपालिकाका उपाध्यक्ष उर्मिला बोहरा, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष मेनुका अवस्थी, महाकाली नगरपालिकाबाट दुर्गा धामी र दुहूँ गाउँपालिकाबाट गौरी बडाल छनोट भए ।
दलिततर्फ शैल्यशिखरबाट लालबहादुर विक र लेकम गाउँपालिकाबाट दानीराम पार्की महाधिवेशन प्रतिनिधि बनेका छन् । दार्चुलामा एमालेका ६ हजार ६ सय ७९ संगठित सदस्य छन् ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
ललितपुर। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता,सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने बताएका छन्...
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सरकारी स्टलहरूमा प्रतिबन्धित प्लास्टिकका झोला प्रयोग भएको पाइएको बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार विशेष रैथाने...
काठमाडौँ। नुवाकोटमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोमबार बिहान १०:५५ बजे बा.९९प.८२०२ नम्बरको मोटरसाइकल नुवाकोटको विदुर नगरपालिका–९, खड्कथोकमा दुर्घटना हुँदा तीन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend