Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना, चिसोबाट जोगिन आह्वान


    सोमबार, कार्तिक २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रदेश  १ र गण्डकीका हिमाली क्षेत्रमा आज सोमबार हल्का हिमपातको सम्भावाना छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी  भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। राति पहाडी भूभागमा आंशिक बदली  रहनेछ ।

    मंगलबार प्रदेश १, बागमती र गण्डकीका पहाडी  क्षेत्रमा आंशिक बदली रहनेछ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो पटक काठमाडौं उपत्यकासहित मुलुकभर जाडो बढ्न थालेको छ ।

    अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न  महाशाखाले आह्वान गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार