Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पोर्चुगललाई स्तब्ध बनाउँदै सर्बिया फिफा विश्वकपमा छनोट


    सोमबार, कार्तिक २९ २०७८
    820
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। पोर्चुगललाई पराजित गर्दै सर्बिया सन् २०२२ कतारमा आयोजना हुने फिफा विश्वकपमा स्थान पक्का गरेको छ ।

    आइतबार कतार विश्वकप अन्तर्गत युरोपियन छनोटमा पोर्चुगललाई २-१ गोलले हराउँदै सर्बियाले विश्वकपमा स्थान पक्का गरेको हो ।

    पोर्चुगलको घरेलु मैदानमा रेनेटो सान्चेसले सुरुआती गोल गरेपनी सर्बियाले खेलमा पुनरागमन गरेको हो  । खेलको ३३औँ मिनेटमा डुसान टाडिकले गोल गरे भने  खेलको ९०औँ मिनेटमा एलेक्सजेण्डर मिट्रोभिकले गोल गर्दै सर्बियालाई २-१ को रोमान्चक जित दिलाए ।

    जितसँगै समूह ‘ए’को सर्बियाले ८ खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहदै विश्वकपमा छनोट भएको हो । पोर्चुगल १७ अंक जोडेर समूहको दोस्रो स्थानमा छ ।

    अब पोर्चुगलले विश्वकप छनोटका लागि प्ले अफ खेल खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार