Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना महामारी न्यून भएपछि ४ बजेसम्मै खुल्न थाले विद्यालय


    आइतबार, कार्तिक २८ २०७८
    640
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । कोभिड–१९ को संक्रमण दर न्यून हुँदै गएपछि खोटाङको ऐसेलुखर्क गाउँपालिकाका विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्मै पठन पाठन सुचारु गरिएको छ । कोभिड–१९ को महामारीका कारण हालसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र खुल्दैआएका विद्यालयलाई आइतबारदेखि पूर्ववत् अवस्थामा सुचारु गराइएको हो । 

    हाल कोभिड–१९ को महामारीको प्रभाव कम हुँदै गएको, महामारीका कारण शैक्षिक सत्र २०७८ नियमित समयभन्दा ढिलो सुरु भएको तथा बाँकी समयभित्र पाठ्याक्रमले निर्धारण गरेका सिकाई उपलब्धि पूरा गर्नुपर्ने दायित्व अनुसार विद्यालयलाई साबिकमै समय अनुसार खुलाउन सुरु गरिएको गाउँपालिकाका शिक्षा अधिकृत विनेशकुमार श्रेष्ठले बताए । दिउँसो ४ बजेसम्म पठन–पाठनका लागि शिक्षा शाखाले आइतबार सबै विद्यालयलाई पत्राचार गरेको जनाएको छ । 

    सात वडा रहेको गाउँपालिकामा कोभिड–१९ को महामारीका कारण गत १० भदौदेखि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म पठन–पाठनको व्यवस्था गरिएको थियो । त्यसअघि भने भर्चुअल कक्षा सञ्चालन गरिएको शिक्षा अधिकृत श्रेष्ठले बताए । ऐसेलुखर्क गाउँपालिकामा ८ मावि र ३५ आधारभूत गरी ४३ सामुदायिक तथा एक वटा संस्थागत विद्यालय छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार