Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेकपा समाजवादीको निर्णयः बंशीधर मिश्र स्थायी समितिमा पदोन्नति, रामचन्द्र झा र तारा जोशी केन्द्रीय सदस्य


    आइतबार, कार्तिक २८ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले रामचन्द्र झालाई सचिवालय समितिमा र एमाले छोडेका वंशीधर मिश्रलाई स्थायी कमिटीमा मनोनित गको छ ।

    आइतबार सकिएको केन्द्रीय कमिटी बैठकले झालाई सचिवालय सदस्य र मिश्रलाई स्थायी कमिटीमा मनोनित गरेको हो ।

    नेकपा एमाले पृष्ठभूमिका झा हाल नेकपा माओवादी केन्द्रमा थिए । एमाले विभाजन भएर एकीकृत समाजवादी बनेपछि झाले माओवादी छोडेका हुन् ।

    यस्तै, मिश्रलाई स्थायी कमिटीमा  माले छोडेर आएका कुलप्रसाद फुँयाल, शंकर पोखरेल र निलमणि बराललाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

    फुयाल पूर्वसांसद हुन् । उनी पनि एमाले पृष्ठभूमिका नेता हुन् । २०५४ मा पार्टी विभाजन हुँदा फुयाल मालेतिर लागेका थिए । मालेबाटै आएका श्यामराज राईलाई केन्द्रीय परिषद सदस्य र कारिप्रसाद यादव प्रदेश–२ को सदस्यमा मनोनित भएका छन् ।

    एमाले डडेलधुरा अध्यक्ष छोडेर एकीकृत समाजवादी प्रवेश गरेका डा. तारा जोशीलाई पनि केन्द्रीय कमिटीमा मनोनित गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार