काठमाडाैं । प्रहरीले कालिमाटी क्षेत्रबाट हुण्डी रकम १६ लाख २० हजार नगद सहित एक जनालाई पक्राउ परेकाे छ ।
महानगरीय अपराध महाशाखाका अनुसार पक्राउ पर्नेमा सप्तरी मलेपुर गाउँपालिका वडा नम्बर ५ का २५ वर्षीय अमर नारायण दास रहेका छन् ।
कालिमाटीमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनलाई प्रहरीले शुक्रबार कालिमाटीको तरकारी तथा फलफूल बजारबाट पक्राउ गरेको हो ।
उनीमाथि थप अनुसन्धान गर्न राजस्व अनुसन्धान विभाग पुल्चोक, ललितपुरमा पठाएको छ ।