Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस वडा अधिवेशन: बाँकेकाे ८१ वडामध्ये ५२ वडामा वडा र क्षेत्रीय समिति निर्विरोध चयन


    आइतबार, कार्तिक २८ २०७८
    720
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • नेपालगञ्ज ।  बाँके कांग्रेसको वडा अधिवेशनअन्तर्गत आठवटै पालिकाका ८१ वडामध्ये ५२ वडामा वडा कार्यसमिति र क्षेत्रीय समिति निर्विरोध चयन भएको छ । निर्वाचन समितिका अनुसार बाँकेका ८१ वडामा शनिबार भएको निर्वाचनमार्फत ५२ वडाबाट निर्विरोध सिमित चयन भएकाे हाे । बाँकी वडामा आइतबर मतदान भइरहेकाे छ ।

    जिल्ला निर्वाचन परिचालन समितिका सदस्य एवं नेपाल शिक्षक संघ बाँकेका अध्यक्ष वीरेन्द्र यादवका अनुसार नेपालगञ्ज उपमहानगरपालिकाका २३ वडामध्ये १७ वडामा निर्विरोध समिति चयन गरिएको छ । जसअनुसार वडा नम्बर ११, ७, ३, २२, २१, ४, ५, ८, १०, १२, १५, १६, १७, १८, १९, २० र २३ मा निर्विरोध चयन भएको हो । 

    यसैगरी, नरैनापुर गाउँपालिकाको ६ वडामध्ये चार वडामा निर्विरोध चयन भएका छन् । जसअनुसार वडा नम्बर १, ३, ४ र ५ मा निर्विरोध भएको हो । जानकी गाउँपालिकाको वडा नम्बर १ र ५ मा पूर्ण रुपमा निर्विरोध भएको छ भने वडा नम्बर ६ मा वडासभापतिबाहेक सबै पदमा निर्विरोध भएको छ । 

    खजुरा गाउँपालिकाको ८ वडामध्ये ६ वडामा निर्विरोध भएको छ । खजुराको वडा नम्बर १, २, ५, ६, ७ र ८ मा निर्विरोध भएको हो । डुडुवा गाउँपालिकाको १ देखि ६ सम्मका पुरै वडामा निर्विरोध भएको छ । राप्ती सोनारीको नाै वडामध्ये पाँच वडामा निर्विरोध भएको छ । राप्ती सोनारीको वडा नम्बर १, ३, ५, ७ र ९ मा निर्विरोध भएको हो । कोहलपुर नगरपालिकाको १५ वडामध्ये पाँच वडामा निर्विरोध चयन भएका छन् । कोहलपुरको वडा नम्बर १, ४, ७, ९ र १५ मा निर्विरोध भएको हो । बैजनाथ गाउँपालिकामा रहेका आठ वडामध्ये सात वडामा निर्विरोध भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६ र ७ मा निर्विरोध भएको निर्वाचन परिचालन समितिका सदस्य यादवले जानकारी दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार