पोखरा । नेकपा एमालेको दशौं महाधिवेसनका लागि गण्डकी प्रदेशबाट एक सय ६८ जना प्रतिनिधि चयन निर्वाचित भएका छन् । प्रदेश कमिटीबाट पाँच र अन्य प्रतिनिधि जिल्लाहरूबाट छानिएका हुन् । सबै जिल्लाबाट महाधिवेसन प्रतिनिधि सर्वसम्मत छनोट गरिएको कार्यालय सचिव गोविन्दबहादुर नेपालीले जानकारी दिए । सबैभन्दा धेरै कास्कीबाट छन् भने मनाङ र मुस्ताङबाट सबैभन्दा कम छन् ।
लमजुङबाट ११, मनाङ र मुस्ताङबाट समान चार चार जना, म्याग्दीबाट नाै जना, बागलुङबाट १२ जना, गोरखाबाट १५ जना चयन भएका छन् । यस्तै, कास्कीबाट कास्कीबाट ३१ जना, तनहुँबाट १३, पर्वतबाट १३, नवलपुरबाट १९ र स्याङजाबाट २४ जना चयन भएका छन् ।
मनाङ र मुस्ताङबाट समान दुई जना खुला, एक महिला र एक दलितका दरले छनोट भएका छन् । कास्कीबाट १८ जना खुला, नाै जना महिला तथा चार दलित (एक महिला सहित) निर्वाचित भएका छन् । म्याग्दीबाट पाँच खुला तथा दलित र महिलाबाट दुई दुई जना, बागलुङबाट सात जना खुला, तीन महिला र दुई दलित निर्वाचित भएका छन् ।
स्याङजाबाट १४ खुला, ६ महिला, चार दलित (दुई महिला) र तनहुँबाट नाै खुला, तीन महिला, एक दलित प्रतिनिधि छानिएका छन् । लमजुङबाट ६ खुला, तीन महिला र दुई जना दलित, गोरखाबाट १० जना खुला, चार महिला र एक जना दलित छनोट भएका छन् ।
यसैगरी, पर्वतबाट सात जना खुला, तीन जना महिला, तीन दलित (एक महिला सहित) तथा नवलपुरबाट १२ खुला, पाँच महिला र दुई जना दलित चयन भएका एमाले गण्डकी प्रदेश कमिटीले जनाएको छ । प्रदेशबाट तीन जना खुला र दुई महिला चयन भएका छन् । मजदुरबाट चार जना खुला र चार जना महिला छानिएका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend