Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विवेकशील साझाका १२ नेताद्वारा पार्टी छोडेकाे घाेषणा


    आइतबार, कार्तिक २८ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशका १२ जना नेताले विवेकशील साझा पार्टी छोडेकाे घाेषणा गरेका छन् । आइतबार संयुक्त रुपमा विज्ञप्ती जारी गरेर उनीहरूले पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको घोषणा गरेका हुन् ।

    उनीहरूले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले एकलौटी रुपमा पार्टी चलाउन खोजेको आरोप लगाएका छन् । केन्द्रीय सदस्य दीपक पौडेल, युवा संगठनका केन्द्रीय सदस्य प्रकाश आचार्य, गण्डकी प्रदेश सदस्य एवं अभियान विभाग प्रमुख अशोक खड्का, कार्यालय व्यवस्थापन प्रमुख सुदीप ओझा, संगठन विभाग प्रमुख पदम न्यौपाने, तनहुँ जिल्ला संयोजक एवं प्रदेश सदस्य सागर घिमिरे, युवा संगठन केन्द्रीय सदस्य मनिषा मगर, ब्यास नगर संयोजक सलमान अलि, युवा संगठनका केन्द्रीय सदस्य महेन्द्र आचार्य, स्याङ्जा जिल्ला संयोजक भिमनारायण कोइराला, तनहुँको म्याग्दे गाउँपालिका संयोजक विश्वराज अछामे र विप्लता ढुङ्गानाले पार्टी छोडेको घोषणा गरेका हुन् ।

    ‘दुई वैकल्पिक पार्टी एकतापश्चात नेतृत्वले पार्टीलाई सही दिशामा दिन सकेन । पद्धति, पारदर्शिता, इमानदारी, उत्कृष्टता, समानुभूति र साहस जस्ता कुरालाई मूल आधार बनाएर देशको अवस्था परिवर्तनको यात्रामा हिँडेका हामीहरू नेतृत्वको गलत कुरालाई मान्न कदापी तयार हुदैनौं,’ उनीहरूले भनेका छन्, ‘वैकल्पिक राजनीतिलाई विवेकशील साझा पार्टीको वर्तमान नेतृत्वले मृत्युशैय्यामा पुर्याएकाे हाम्रो ठहर छ ।’

    पार्टीका अध्यक्ष मिश्रले एकताको मर्म विपरित एकल दस्तावेज सार्वजनिक गरी पार्टीको विधान विपरित कार्य गरेकोमा उनीहरूले आपत्ती जनाएका छन् । ‘एकता महाधिवेशन छाडेर  पार्टीको लाइन विपरितका मुद्दाहरूलाई बहसमा ल्याएर पार्टी अध्यक्षले वैकल्पिक राजनीतिको गलत ब्याख्या गरेको हाम्रो बुझाई हो,’ विज्ञप्तीमा भनिएको छ, ‘अध्यक्ष मिश्रको यो कदमले देशको अवस्था परिवर्तन गर्ने सपना साँचेर वैकल्पिक राजनीतिमा लागेका युवाहरूको घोर अपमान भएको छ ।’ उक्त पार्टीमा रहिरहे समय वर्वाद हुने उनीहरूको तर्क छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार