Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशकाे राजीनामा माग्दै जिल्ला अदालत कैलालीमा बारको धर्ना


    आइतबार, कार्तिक २८ २०७८
    495
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको राजीनामा मात्र गर्दै कैलाली बार एसोसियसनले जिल्ला अदालत अगाडि धर्ना दिएको छ । 

    बारका पदाधिकारी तथा अधिवक्ताले हातमा कोलोपट्टी बाँधेर अदालत अगाडि एक घण्टा धर्ना दिएका हुन् ।

    बारको केन्द्रीय तालिकाअनुसार कैलाली बारले प्रधान न्यायाधीशको राजीनामा माग गर्दै आन्दोलन गरेको बारका अध्यक्ष शिद्धराज ओझाले बताए । राजनीतिक भाग मागेर प्रधान न्यायाधीशले अदालतको गरिमालाई कमजोर बनाउन खोजेपछि उनको राजीनामा माग गरेको ओझाले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार