काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको समर्थनमा प्रदर्शन गर्दै सडकमा निस्किएका ५० जना भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार नेपाल बार एशोसिएशनको आन्दोलनलाई प्रतिकार गर्दै प्रधानन्यायाधीश जबराको समर्थनमा सडकमा सडकमा निस्किएको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बार एशोसिएसनले सर्वोच्च अदालत परिसरभित्रै विरोधको कार्यक्रम आयोजना गरिरहेको समयमा प्रधानन्यायाधीशको समर्थनमा केहीले सडकमा नाराबाजी गरेका थिए ।
यस क्रममा प्रहरीसँग केहीबेर झडप भएको थियो । सो क्रममा एक प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।