Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोप २६ः जलवायु परिवर्तनको जोखिम न्यून गर्ने नयाँ सहमति


    आइतबार, कार्तिक २८ २०७८
    2.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ग्लास्गो,  । जलवायु परिवर्तनको जोखिम रोक्ने विषयमा विभिन्न देशका नेताहरुबीच नयाँ सहमति भएको छ । स्कटल्यान्डको ग्लास्गो सहरमा जारी जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ मा  नयाँ सहमति भएको हो ।

    हरितगृह ग्यास उत्सर्जनको प्रमुख कारक मानिने कोइलाको प्रयोग गर्ने विषयमा सम्झौता भएको हो । कार्बन उत्सर्जनलाई अझै न्यून पार्ने र विकासन्मुख देशमा जलवायुको प्रभाव कम गर्न सहयोग गर्ने पनि सम्झौतामा उल्लेख छ । 

    तर, यो सहमति पृथ्वीको तापक्रम १ दशमलब ५ डिग्री सेल्सियमा सीमित पार्न भने पर्याप्त नभएको विज्ञहरु बताउँछन् ।  

    यसअघि तयार पारिएको मस्यौदामा कोइलालाई चरणबद्ध रूपमा विस्थापित गर्ने उल्लेख थियो । तर, भारत र चीनसहित केही देशको विरोधका कारण  त्यसलाई सम्झौताबाट हटाइएको थियो । 

    भारतका जलवायु मन्त्री भूपेन्द्र यादवले विकासन्मुख देशहरुले ‘विकास र गरिबी निवारणका मुद्दा’ चलिरहेका बेला कोइला  विस्थापित गर्न नसक्ने बताएका थिए ।

    विभिन्न देशका प्रतिनिधिहरुले असन्तुष्ट जनाएपछि कोइलालाई विस्थापित गर्ने भन्दा पनि त्यसलाई चरणबद्ध न्यून गर्ने सहमतिम भएकाे थियो । 

    बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले विश्वले ग्लास्गोको कोप २६ लाई ‘जलवायु परिवर्तनको अन्त्यको सुरुवात’ को रुपमा हेर्ने आशा व्यक्त गरेका छन् । 

    जलवायु परिवर्तनसम्बन्धी अमेरिकी प्रतिनिधि जोन केरीले ग्लास्गो सम्मेलनबाटै जलवायुसम्बन्धी सम्पूर्ण संकट अन्त्य नहुने बताएका छन् ।

    यसैबीच, राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्रेसले ‘पृथ्वी कमजोर धागोमा झुन्डिएको’ भन्दै ‘हामीले अझै पनि जलवायु बिपद्को ढोका खोलिरहेको’ टिप्पणी गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार