Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उच्च अदालत जनकपुरमा कानुन व्यवासायीहरूको धर्ना


    आइतबार, कार्तिक २८ २०७८
    375
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम ।  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराकाे राजीनामा माग्दै उच्च अदालत जनकपुरकोे मुल गेटमा नेपाल बार एसाेसिएसन जनकपुरका पादधिकारीहरूले धार्ना दिएका छन् ।  

    नेपाल बार एसाेसिएसन जनकपुरका अध्यक्ष अधिवक्ता किशोरी साहको नेतृत्व कानुन व्यवसायीहरूले आइतबार बिहान ११ बजेदेखि धर्नामा बसेका हुन् ।

    ‘न्यायपालिकामा शुद्धीकरणको लागि धर्ना कार्यक्रम’ लेखिएको ब्यानरसहित कानुन व्यवसायीहरू उच्च अदालतको मुल गेटमै धर्ना दिएपछि उच्च अदालतको कामकावाही समेत प्रभावित भएको छ । 

     नेपाल बार एसाेसिएसनले आइतबारबाट आन्दोलनलाई देशव्यापी बनाउँदै जाने निर्णयअनुसार आफूहरूले पनि धर्ना दिएको अभिवक्ता राजकुमार महासेठले बताए । विवादमा मुछिएका  प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले आन्दोलन थालेको हो ।  

    बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ । प्रधानन्यायाधीश जबरामाथि विवादास्पद फैसला गरेको, संवैधानिक नियुक्ति र कार्यपालिकामा हिस्सा खोजेको, न्यायालयभित्र भ्रष्टाचारलाई प्रश्रय दिएको तथा बचौलियासँग साँठगाँठ गरेको लगायतका गम्भीर आरोप बार लगाउँदै आएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार