Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जिप दुर्घटना: तीन जनाको मृत्यु, तीन जना घाइते


    आइतबार, कार्तिक २८ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • दाङ । रोल्पामा यात्रुवहाक जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । आइतबार बिहान ११ बजेतिर भएको जिप दुर्घटनामा दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख डीएसपी नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार मृतकको  मृतकको पहिचान खुलिसकेको छैन । 

    छ जना सवार रहेको अनुमान गरिएको सो जिप दुर्घटनामा परेर घाइते भएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ । दुई पुरुष र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले दुर्घटना स्थलमा खोजीकार्य जारी राखेको छ ।

    माडी गाउँपालिका–६ हान्निङ भन्ने ठाउँबाट घर्ती गाउँ तर्फ जाँदै गरेको यात्रुवहाक सो जिप दुर्घटनाको कारण खुलिसकेको छैन ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार