काठमाडौं ।नेपाल बार एशोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेर प्रतिकार समूह बनाएको आरोप लगाएका छन् ।
सर्वोच्च अदालत परिसरमा आइतबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै बारका पदाधिकारीहहरूले भ्रष्टाचार गरेको रकम प्रयोग गरेर कानुन व्यवसायीको आन्दोलनलाई दबाउन खोजिएको आरोप लगाएका हुन् ।
‘घुस खाएको पैसा बाँडेर प्रधानन्यायाधीशले भिजिलान्ते र भाडाका टट्टु प्रयोग गर्नुभयो,कमिशनको पैसालाई अहिले प्रतिकारका नाममा बाँडिएको छ,’ विरोधसभामा सहभागी एक पदाधिकारीले भने ।
य स्तै, उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले पनि कानुन व्यवसायीहरुले गर्दै आएको विरोध प्रदर्शनको प्रतिकारका लागि ठुलो रकम खर्च भएको आरोप लगाएका छन् ।