Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रभु साहको निर्वाचन क्षेत्रमा हुने प्रचण्डको कार्यक्रम स्थगित


    आइतबार, कार्तिक २८ २०७८
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी परित्याग गरी नेकपा एमाले प्रवेश गरेका प्रभु साहको निर्वाचन क्षेत्रमा हुने कार्यक्रम स्थगित गरेका छन् ।

    रौतहट–३ स्थित कटहरियामा २९ कात्तिकमा हुने कार्यक्रम प्रचण्डको स्वास्थ्य अवस्थाका कारणले अन्तिम समयमा आएर स्थगित भएको पार्टी जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए । 

    ‘अध्यक्षज्यूको स्वास्थ्य अवस्थाका कारण कटहरियाको कार्यक्रम अन्तिम समयमा स्थगित गर्न बाध्य भएका छौं’ पटेलले भने । उनका अनुसार अध्यक्ष प्रचण्डको स्वास्थ्य अवस्था ठिक भएपछि पुनः कार्यक्रमको आयोजना गरिनेछ । 

    उच्च रक्तचापका कारण प्रचण्ड शनिबार साँझदेखि मेडिसिटी अस्पतालमा भर्ना भएका छन् । कटहरिया माओवादी परित्याग गरेका प्रभु साहको निर्वाचन क्षेत्र हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार