Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ह्वात्तै बढ्यो सुनको मूल्य, यस्तो छ आजको बजार भाउ


    आइतबार, कार्तिक २८ २०७८
    645
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं ।  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो ।

    आइतबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ६७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

    आइतबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ ।  चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ११० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार