Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशले घरबाटै गठन गरे आफूबाहेकका १० इजलास


    आइतबार, कार्तिक २८ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूबाहेकका १० वटा इजलास गठन गरेका छन् । नेपाल बार एसोसिएसन र सहकर्मी न्यायाधीशहरूको विरोधका बीच जबराले आइतबारका लागि १० वटा इजलास घठन गरेका हुन् । 

    नेपाल बारले सर्वोच्च प्रवेश गर्न नदिने भन्दै मुल गेटमा धर्ना दिएपछि जबराले बालुवाटारस्थित प्रधानन्यायाधीश निवासबाटै इजलास गठन गरेर मुद्दाको पेसी तोकेका हुन् । 

    उनले एउटा एकल र नौवटा संयुक्त इजलासका लागि २७२ मुद्दाको पेसी तोकेका छन् । 

    नेपाल बारले शान्तिपूर्ण प्रर्दशनमा हस्तक्षेप गरेको भन्दै बहस बहिष्कार गर्ने निर्णय गरेको छ भने असन्तुष्ट न्यायाधीशहरूले भने बारले बहस बहिष्कार गरेको इजास नबस्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार