काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरालाई आफ्ना विचौलियालाई नियन्त्रणमा राख्न नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले चेतावनी दिएका छन् ।
कानुन व्यवसायीको आन्दोलनमा बिचौलिया घुसपैठ गराएर आन्दोलन असफल पार्ने चेष्टा गरेकाे भन्दै श्रेष्ठले प्रधानन्यायाधीश जबरालाई यस्ताे चेतावनी दिएका हुन् । नियन्त्रणमा नराखे आफूहरूले ठाेस कदम चाल्ने समेत बताएका छन् ।
उनले भने, ‘तपाईंका बिचौलिया नियन्त्रणमा राख्नुस् । घुसपैठ गराएर आन्दोलनलाई असफल पार्ने चेष्टा नगर्नुस् ।’
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ । तर प्रधान्यायाधीश जबराले राजीनामा नदिने अडान राख्दै आएका छन् ।