Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रसुवाका २७ वटै वडामा कांग्रेसको अधिवेशन, सहमतिमै नेतृत्व चयन गर्न निर्देशन


    आइतबार, कार्तिक २८ २०७८
    855
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रसुवा । नेपाली कांग्रेस रसुवाका २७ वटै वडामा आज आइतबार वडा अधिवेशन हुँदैछ । सदस्यता विवादलाई लिएर रोकिएको वडा अधिवेशन विवाद समाधान भएसँगै हुन लागेको हो ।

    क्रियाशिल सदस्यता विवाद समाधान भएसँगै जिल्लाको २७ वटै वडामा अधिवेशन हुन लागेको कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङले बताए । २७ वटै वडामा सहमतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइएको उनले बताए । ‘सबै वडामा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न निर्देशन दिइसकेको छु,’ अहिलेसम्मको अवस्था अनुसार निर्वाचन हुने देखिएको छैन,’ उनले भने । 

    वडा कार्यसमितिबाट सिफारिस भई गएका विगतदेखि नै क्रियाशील सदस्यको नामावली काटेर फर्म नै नभरेकालाई सदस्यता प्रदान गरेपछि विवाद भएको थियो । शुक्रबार जिल्ला कार्यसमितिको बैठक बसी काटिएका नामावली पुन समावेश गरिने भएसँगै विवाद समाधान भएको थियो । 

    निर्वाचन अधिकृत सुमनकुमार केसीका अनुसार ३ हजार ८ सय ५७ जनाको नामावली यसअघि नै प्रकाशित भइसकेको छ । शुक्रबार जिल्ला कार्यसमितिको बैठकले ३१ जनाको नाम थप गरेको छ । नाम काटिएका भनिएका ८१ जनाको नामावली पनि केन्द्रिय निर्वाचन समितिबाट प्राप्त भएको छ । 

    ‘केन्द्रीय निर्वाचन समितिबाट जिल्ला कार्यसमितिको बैठकले थप गरेको ३१ जनाको र अर्को लिस्टमा ८१ जनाको आधिकारिक रुपमा नाम आएको छ, केसीले भने,  थपिएका उहाँहरु अधिवेशनमा सहभागि हुन पाउने नपाउने भन्ने बारे छलफल गरिरहेको छु, केही समयमा थाहा हुन्छ ।’ 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार