Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानन्यायाधीशविरुद्ध देशभर आन्दोलन गर्दै नेपाल बार


    आइतबार, कार्तिक २८ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एसोसिएसन आजदेखि देशभर आन्दोलन गर्दैछ ।

    यसअघि सर्वाेच्च अदालत, विशेष अदालत र काठमाडौं उपत्यकास्थित अदालतमा कालोपट्टी बाँधेर आन्दोलन हुँदै आएकामा आजदेखि आन्दोलन देशभर विस्तार हुन लागेको हो ।  

    बारका महासचिव लीलामणि पौडेलका अनुसार काभ्रे र उपत्यकाभित्रका सबै जिल्ला अदालत, न्यायाधिकरण, विशेष अदालतमा दिउँसो १२ बजेसम्म मुद्दा सुनुवाइ नगर्न आग्रह गरिएको छ ।

    प्रधानन्यायाधीशलाई भने सर्वाेच्च प्रवेशमा रोक लगाउन मूल गेटमै धर्ना दिने कार्यक्रम छ । जबरा गत शुक्रबार अर्को गेटबाट कार्यालय प्रवेश गरेका थिए । 

    उपत्यका र काभ्रेबाहेकका बार इकाइले  कालोपट्टि बाँधेर काम गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

    बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनमा छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार