Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिला मेयर कप: उपाधिका लागि ललितपुर र धनगढी भिड्दै


    आइतबार, कार्तिक २८ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय महिला लिगका लागि छनोट भइसकेका ललितपुर महानगरपालिका र धनगढी उपमहानगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ छनोट उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । 

    फाइनल खेल दिउँसो १ बजे एन्फा कम्प्लेक्समा हुनेछ । 

    यसअघि शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापाको कनकाई नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै ललितपुर राष्ट्रिय लिगमा स्थान बनाउन सफल भएको थियो । 

    दोस्रो सेमिफाइनलमा कैलालीको गौरीगंगा नगरपालिकालाई ४–० गोल अन्तरले पराजित गर्दै धनगढी फाइनलसहित राष्ट्रिय लिगमा छनोट हुन सफल भएको थियो । 

    प्रतियोगिताको विजेताले पाँच लाख रुपैयाँ पाउनेछ भने उपविजेताले दुई लाख ५० हजार पाउनेछ ।

    यसअघि एन्फाले ३१ टोली सहभागीलाई १० समूहमा विभाजन गरिएको थियो । सहभागी क्लबलाई विभागीय चार खेलाडीसम्म अनुबन्धन गर्ने मौका एन्फाले दिएको थियो ।

    अब, यसै सिजनमा हुने राष्ट्रिय महिला लिगमा विभागीय तीन क्लब (पुलिस, आर्मी, एपीएफ) चन्द्रपुर नगरपालिका, वालिङ नगरपालिका र विराटनगर महानगरपालिकासहित धनगढी र ललितपुर गरी आठ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार