काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले सदनमा तथ्यहीन बोल्ने सांसदको रेकर्ड हटाउने प्रतिबद्धता जनाएका छन् ।
धुलिखेलमा भएकाे संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक दुई दिने कार्यक्रममा अध्यक्ष तिमल्सिनाले संसद् बैठकमा बोलिएका तथ्यहीन कुरा रेकर्डबाट हटाइने बताए ।
उनले यसका लागि सार्वजनिक सरोकारका विषयमा ढाट्ने गरी बोलिएका कुराहरुको छानविन गर्न संसद सचिवालयलाई निर्देशन दिए ।
‘सबै त नसकिएला । सार्वजनिक सरोकार र चासो भएका विषय माननीयज्यूहरुले कति तथ्यगत बोल्नुहुन्छ हेर्नुहोला,’ सचिवालयका कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘तथ्यहीन रेकर्ड भयो भने पछि भविष्यमा गलत सन्देश प्रवाह हुने सम्भावना रहन्छ । यसमा हामी सचेत हुनुपर्छ ।’
प्रधानमन्त्रीदेखि, मन्त्री र सांसदसम्मले तथ्य लुकाउने, बढाई चढाई गर्ने र हुँदै नभएको कुरा पनि बोल्ने गरेका बेला अब छानविन हुने भएको हो ।
अध्यक्ष तिमल्सिनाले सांसदले बोल्ने विषय, विषयवस्तुको दायरा र शब्द चयनमा पनि ख्याल गर्नुपर्नेमा जोड दिए । ‘बोल्ने कुरा, शब्द चयन, मर्यादित शब्द प्रयोग गर्नुपर्छ,’ उनले भने, ‘संघीय संसदमा आएर आफ्नो क्षेत्रको समस्याबारे मात्रै बोल्ने, समग्र समस्यामा नबोल्ने प्रवृत्ति पनि सुधार्नुपर्छ ।’
उनले आफूले सरकारसँग पहिलेभन्दा राम्रो समन्वय गरिरहेको पनि बताए । विगतको राजनीतिक पृष्ठभूमि हेरेर राष्ट्रियसभा अध्यक्षले सरकारलाई अफ्ठेरो पार्न खोज्ला भन्ने आशंका देखिएको भन्दै तिमल्सिनाले पहिलो प्रधानमन्त्री (केपी ओली)भन्दा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र कानुनमन्त्रीसँग बढी समन्वय भएको बताए । सरकारलाई अफ्ठेरो पार्ने, टसल गर्ने काम आफूबाट नहुने र बढीभन्दा बढी निष्पक्षतामा आफूले जोड दिएको उनको भनाइ थियो ।
‘हिजो केपी ओली र आज शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा समान रुपमा यसो गरौ भनेर सल्लाह गरेको छु,’ उनले भने, ‘हाउस बोलाउने, अन्त्य गर्ने, विधेयक ल्याउने सरकारको जिम्मेवारी हो । हामी समन्वयमा छौं ।’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend