Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • इन्धनको मूल्य वृद्धिविरुद्ध मुगुमा विप्लवको विरोध प्रदर्शन


    शनिबार, कार्तिक २७ २०७८
    565
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  मुगु। पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मुगुको सदरमुकाम गमगढी बजारमा विरोध प्रदर्शन भएको छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मुगुले बिहीबार बजार परिक्रमा गरी कृष्ण चोकमा कोणसभामा परिणत भई विरोध प्रदर्शन गरेको हो । 

    विरोध प्रदर्शनमा नेकपाका नेता तथा कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका  विप्लव कार्यकर्ताले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर , भ्रष्टाचारी  मुर्दावाद, दलाल मुर्दावादलगायत नारा लगाएका थिए । 

    गमगढीमा भएको प्रदर्शनमा नेकपा मुगुका जिल्ला कार्यालय सचिव सर्पु रोकायाले पेट्रोलियम पदार्थ तथा खाद्यवस्तुमा सरकारले मूल्यवृद्धि गरेको भन्दै त्यसविरुद्ध सङ्घर्षमा उत्रिएको बताए । 

    पार्टी महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ति निकालेर नेपाल बन्दसहितको विरोध कार्यक्रम घोषणा गरेका थिए ।  न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार