पोखरा।अर्थमन्त्री जनार्दन शर्माले दुई सय किलोमिटर लामो पोखरादेखि काठमाडौंसम्मको सडक यात्रा दुई घण्टामा झार्ने दाबी गरेका छन् । पोखरामा उद्योगी व्यवसायीहरूसँग कुरा गर्दै उनले बाटोको यात्रा छोटो बनाए मात्रै आर्थिक विकासले तीव्रता पाउने बताएका हुन् ।
‘पोखरा–काठमाडौंको सडक यात्रा २ घण्टामा झार्नको लागि भौतिक पूर्वाधार मन्त्रालयसँग छलफल अघि बढाएको छु । बाटो छोटिए त्यसले देशको अर्थतन्त्रमा सकारात्मक योगदान दिन्छ,’ उनले भने । शर्माले कोरोना भाइरसका कारण निजी क्षेत्र जटिल अवस्थामा पुगेको भन्दै पुनरुत्थानका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताए ।
‘पीडित व्यवसायीहरूको लागि घोषित पुनःकर्जा र अनुदान वितरणको प्रभावकारिता अनुगमन गरिरहेका छौं । कसरी बढी लाभ दिन सकिन्छ भन्नेमा सरकार संवेदनशील छ,’ उनले थपे, ‘साना व्यवसायीलाई अनुदान दिने प्रक्रिया समेत सुरु भैसकेको छ । उत्पादनमूलक अर्थतन्त्र निर्माण नै आफ्नो लक्ष्य हो ।’
उत्पादन गर्ने उद्योगहरूलाई राज्यले जुनसुकै सुविधा पनि दिन सक्ने उनको प्रतिबद्धता छ । ‘उद्योग खोल्न के सुविधा चाहिन्छ ? त्यो दिन सरकार तयार छ’, उनले भने, ‘भन्सार छुट चाहियो कि, विद्युत वा कर छुट के चाहिन्छ ? सरकारले त्यो तत्कालै व्यवस्था गर्छ ।’
नेपालमा उत्पादित विद्युतको खपत देशभित्रै गर्ने गरी उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई उनले आग्रह गरेका छन् । अहिले पनि नेपालमा उत्पादन भएको ५ सय मेगावाट बिजुली प्रयोग विहीन भएको छ ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा देखिएको अवरोध हटाउन र उडान रुटको टुंगो लगाउन आग्रह गरेका थिए । यस्तै, व्यवसाय पुनरुत्थानका कार्यक्रमहरूलाई तीव्रता दिन समेत उनको आग्रह छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend