Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले महाधिवेशन : लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत


    शनिबार, कार्तिक २७ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ।नेकपा एमालेको १०औं महाधिवेशनका लागि लमजुङबाट ११ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।

    सर्वसम्मत चयन भएका खुल्ला प्रतिनिधितर्फ जिल्ला अध्यक्ष धनञ्जय दवाडी, प्रदेश सचिवालय सदस्य जमीन्द्रमान घले, मोहनरी पौडेल, प्रदेश सदस्य प्रेमबहादुर घले, गुमानसिंह अर्याल र  जिल्ला सचिव कृष्ण प्रसाद अधिकारी  रहेका छन् । त्यसैगरी महिलातर्फ प्रदेश सदस्य दिपा गुरुङ, अखिल नेपाल महिला संघका केन्द्रीय सदस्य लक्ष्मीदेवी अधिकारी र अनेमसंघका जिल्ला अध्यक्ष यशोदा रिमाल महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् । 

    यस्तै महाधिवेशन प्रतिनिधिमा दलिततर्फ विवश बुढाथोकी र हिरालाल विश्वकर्मा सर्वसम्मत चयन भएका छन् । लमजुङमा ११ जना प्रतिनिधि प्राप्त गर्ने अवस्था रहेकोमा खुल्लातर्फ ६ जनामा १६ जना, महिलातर्फ ३ जनामा ७ जना र दलिततर्फ २ जनाका लागि ४ जनाको मनोनयन दर्ता भएकोमा आपसी छलफल तथा अन्तरक्रिया गरी समझदारीका साथ महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन गरिएको एमालेले जनाएको छ । 

    सर्वसम्मत चयन भएका प्रतिनिधिलाई निर्वाचन कमिटीका संयोजक बुद्धिसागर बरालले प्रमाणपत्र प्रदान गरेका थिए । निर्वाचन मण्डलमा ईश्वर पौडेल, विमल अधिकारी र नवराज धिताल रहेका थिए । जिल्ला अध्यक्ष धनञ्जय दवाडीले एमाले लमजुङले उच्च समझदारीका साथ महाधिवेशन प्रतिनिधि सर्वसम्मत छनोट गरेको बताए । एमालेले यसअघि लमजुङमा ७५ वडाकै वडा अधिवेशन र ८ वटा पालिकाको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गरेको थियो । न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार