खोटाङ। अधिवेशन मिति नजिकिँदै जाँदा खोटाङमा नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि धमाधम उम्मेद्वारी घोषणा सुरु भएको छ । केही आकांक्षीले औपचारिक र अनौपचारिक रुपमा जिल्ला सभापतिमा उम्मदेवारी घोषणा गरिसकेको अवस्थामा महाधिवेशन प्रतिनिधि भुपेन्द्र राईले आगामी ६ मंसिरमा हुने जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका राईले शुक्रबार खोटाङ बजारमा भएको आफू पक्षीय नेता तथा कार्यकर्ताको भेलाबाट जिल्ला सभापतिमा उठ्ने घोषणा गरेका हुन् । उनी केन्द्रमा कृष्ण सिटौलासँग नजिक मानिन्छन् । राईको टिमबाट उपसभापतिमा चन्द्रबहादुर थापा, सह–सचिवमा ध्यानबहादुर राई, प्रदेश क्षेत्र (ख)को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा रामचन्द्र केसीलाई उठाउने तयारी गरिएको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले बताए । अन्य पदमा उठ्ने उम्मेद्वारको टुंगो केही दिनभित्र टुंग्याइने जनाइएको छ ।
२३-२४ कात्तिकमा हलेसीमा बसेको कांग्रेसकै एक पक्षको बैठकले पूर्वजिल्ला सभापति विष्णुकुमार राईलाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरिसकेको छ । उनी केन्द्रमा पौडेलसँग नजिक मानिन्छन् । उपसभापतिमा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति एवं हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति तीर्थराज भट्टराईलाई अघि सार्ने निर्णय भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् ।
सचिवमा वर्तमान सचिव ज्ञानेन्द्र जोशी र समिर राईलाई उठाउने तयारी गरिएको छ । सचिवका अर्का आकांक्षी सुमनबाबु आचार्य ‘ब्याक’ भएका छन् । यस्तै, सह-सचिवमा सार्जन राई र बराहपोखरी गाउँपालिकाका अध्यक्ष रहेका शालिकराम बञ्जरालाई अघि सार्ने तयारी गरिएको जनाइएको छ । तर, सचिव र सह-सचिवको उम्मेद्वारका विषयमा थप छलफल भइरहेको उपसभापतिका उम्मेद्वार इवन राईले बताए ।
कांग्रेसको जिल्ला सभापतिमा पूर्वराज्यमन्त्री सर्वधन राई र महासमिति सदस्य रवीप्रकाश राई पनि आकांक्षी छन् । पूर्व राज्यमन्त्री राईले यसअघि आयोजित पत्रकार भेटघाट कार्यक्रममा सभापतिको उम्मेद्वारीबाट व्याक नहुने बताएका थिए । प्रदेश क्षेत्र (क) र (ख)को अधिवेशनको नतिजाअनुसार जिल्लाको समीकरण फेरबदल हुनसक्ने आंकलन गरिएको छ ।
क्याप्सन : आफू पक्षीय भेलामा बोल्दै कांग्रेस जिल्ला सभापतिका उम्मेद्वार भूपेन्द्र राई । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend